राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

212
Shares


काठमाडौँ, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनको उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *