वीरको सीटीस्क्यान सेवा सञ्चालनमा आयो

काठमाडौँ, ६ जेठ । एक साता देखि अवरुद्ध भएको वीर अस्पतालको सीटीस्क्यान सेवा सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले सीटीस्क्यान सेवा केहीबेर अघिबाट सञ्चालनमा आएको जानकारी दिए ।

अन्यत्र भन्दा आधा कम मूल्यमा सिटिस्क्यान सेवा उपलव्ध हुने वीरमा सेवा अवरुद्ध हुँदा विरामीहरु मर्कामा परेका थिए । त्यसबारेमा नेपाली हेल्थले समाचार प्रकाशित गरेको थियो ।

‘सिटिस्क्यान, एमआरआई विग्रिएको थियो । त्यसमध्ये सिटिस्क्यान अहिले काम गर्ने अवस्थामा आएको छ । एमआरआई सेवा एक दुई दिन भित्र सञ्चालनमा आउनेछ,’ निर्देशक डा बस्नेतले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *