धनेश्वर स्वास्थ्य सेवा केन्द्रद्धारा टोखामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ, ६ जेठ । टोखास्थित धनेश्वर स्वास्थ्य सेवा केन्द्रले शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । पोलिक्लिनिकको रुपमा चौविस घण्टा सेवा प्रारम्भ गरेको अवसर पारी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

टोखा वरपरका स्थानीयलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा ५ सय बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

केन्द्रका अध्यक्ष एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका सहप्राध्यापक डा. प्रदीप ज्ञवालीले टोखा क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा दिन नयाँ स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको बताए ।

केन्द्रका इमरजेन्सी इन्चार्ज डा. श्याम लौडारीले केन्द्रले शनिबार देखि नै २४ सै घण्टा इमरजेन्सी, एक्सरे , फार्मेसी तथा प्याथोलोजी सेवा दिने तथा केन्द्रमा आउन नसक्ने बिरामीलाई घरमै गएर सेवा उपलव्ध गराउन थालिएको जानकारी दिए ।

केन्द्रले हरेक दिन विशेषज्ञ सेवामा फिजिसियन सेवा, हाडजोर्नी तथा नशा रोग, प्रसुती तथा स्त्री रोग, नाक, कान तथा घाँटी रोग, बाल रोग, मुटु रोग र छाला तथा यौन रोग लगायत अन्य विशेषज्ञ सेवाहरु दिने बताएको छ ।

भविष्यमा उक्त स्वास्थ्य केन्द्रमा स्वास्थ्य संकायको एकेडेमीक डिग्री संचालन गरिने तथा समुदायमा आधारित सामुदायिक अस्पतालमा स्तर उन्नती गर्ने केन्द्रका नीति नियम तथा समवन्य शाखा प्रमुख कमल रानाभाटले बताए ।

शनिबार स्वास्थ्य शिविरको उद्घाटन गर्न टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *