गर्भवती महिलाले कति खानुपर्छ ?

- डा. एलिसन राइट
गर्भवती महिलाले कति खाने भन्ने विषयमा विभिन्न धारणा सुन्न पाइन्छ । तर बास्तविकता के हो भने गर्भवती हुँदा अति धेरै क्यालोरी भने चाहिदैन । कतिपयले गर्भवती महिलाले दुई जनाको लागि चाहिन्छ भनेर धेरै खाने गरेको सुनिन्छ तर हामी भने धेरै नखान सल्लाह दिन्छौँ ।
गर्भवती महिलालाई प्रतिदिन थप २०० क्यालोरी जति मात्र आवश्यक हुन्छ । त्यो अरु केही सित दुई टुक्रा टोस्ट खाए जति हो ।
गर्भवती महिलाले सन्तुलित र स्वास्थ्य खाना खानुपर्छ । गर्भवती हुँदा धेरै तौल नबढोस भनेर उनीहरु सतर्क रहनुपर्छ । बढी तौलले गर्भवती भएको बेला र पछि बच्चा जन्माउँदा पनि समस्या हुनसक्छ ।
स्वस्थ खाना खाने गर्भवती महिलाले अतिरिक्त भिटामिन सेवन गर्नुपर्दैन तर गर्भवति हुँदा आवश्यक पर्ने तर स्वस्थ खानामा पनि पाउन गाह्रो हुने मुख्य भिटामिन फोलिक एसिड हो ।
त्यसैले हामी महिलाहरुलाई गर्र्भधारण गर्नुभन्दा पहिला र गर्भवती भएको १३ सातासम्म फोलिक एसिड सेवन गर्न सल्लाह दिन्छौँ । किनभने त्यो गर्भवती भएको बेलामा अति महत्वर्पूा अवस्था हो ।
फोलिक एसिडको रासायनिक संरचना
फोलिक एसिडले स्नायुप्रणालीको विकासमा सहयोग गर्छ । यसले बच्चाको मस्तिष्क विकासमा सघाउँछ । आमाले फोलिक एसिड नभएको खाद्य पदार्थ सेवन गरे बच्चाहरु हाइड्रोसेफालस र स्पिना वाइफिडा जस्ता रोगको उच्च जोखिममा रहने आधार देखिएको छ । त्यसैले गर्भधारण गर्नु अघि नै फोलिक एसिड सेवन गर्नु महत्वपूर्ण हुन्छ ।
# डा. राइट रोयल कलेज अफ अबस्ट्रेट्रिसिएन्स एण्ठ गाइनेकोलोजिस्टस हुन् ।
- बीबीसी