उपचार गरिदिने भन्दै युवतीलाई बेश्यालय पुर्‍याउने खत्री पक्राउ

148
Shares

काठमाडौँ, ३१ बैशाख । उपचार गर्ने बहानामा एक युवतीलाई भारतको कोठीसम्म पुर्‍याएर बेश्याबृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका २ बस्ने २६ वर्षे रमेश खत्रीलाई पक्राउ गरेको हो ।
खत्रीले युवतीलाई दिल्लीस्थित एक अर्पाटमेन्टमा दुईवर्षसम्म बन्धक बनाएर जबरजस्ती बेश्याबृत्तिमा लगाएको भन्दै उजुरी परेको थियो ।

सीआईबीका अनुसार खत्रीले ती युवतीलाई दुईवर्षसम्म एक अपार्टमेन्टमा राखी अश्लिल तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्याकमेलिङ गरेर बेश्याबृत्तिमा लगाउने गरेका थिए ।

खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी मानव वेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको सीआईबीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । सीआइवीले खत्री विगत १३ बर्ष दिल्लीस्थित सो कोठीमा कार्यरत रहेको समेत दावी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *