प्रदेशसभा सदस्य लामिछानेको निधन

156
Shares

भक्तपुर, ३१ वैशाख । प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मिएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो ।

आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (ख)नेकपा(एमाले) बाट निर्वाचित हुनुभएका लामिछाने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *