एमबीबीएसमा नाम निकालीदिने भन्दै १० लाख ठगी !

लहान, ३१ वैशाख । एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् ।

सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख गरी रु १० लाख रकम लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको दुखेसो छ ।

सन्तोषी महतोले आइतबार साँझ लहानमा पत्रकार सम्मेलन गरि छोरी निलमको केयूबाट नाम निकाल्ने आफ्नो जिम्मेवारी हो भन्दै रामसोभित महतोले आफूसँग दुई पटकमा रु १० लाख लिएको आरोप लगाएका छन्।

जेनतेन व्यवस्था गरेर रामसोभितलाई रु १० लाख दिए सन्तोषीले भनिन्– “तर, छोरीको नाम निस्किएन, ‘पैसा फिर्ता माग गर्दा रामसोभितले आइओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भनेका थिए ।” कहीँकतैबाट नाम नकालिदिएपछि रामसोभित यतिबेला सम्पर्कविहीन भएको सन्तोषीको भनाइ छ । रामसोभित पीडित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाइँ हुन् ।

रामसोभित महतो सिरहा छाडेर हाल काठमाडौँ महानगरपालिका–९ गौशालास्थित रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय सञ्चालन गर्दै आएका छन् । रामसोभितले लिएको रकम फिर्ता गराई दिन प्रहरी प्रशासनदेखि गाउँपालिकासम्म धाए तर अहिलेसम्म कुनै उपलब्धि हासिल नभएको रामेश्वर महतोको गुनासो छ ।

न्यायका लागि कानूनी उपचार गर्न खोज्दा रामसोभितले कानूनी प्रक्रियामा नजानु भन्दै आफूहरूलाई पटकपटक धम्की दिँदै आएको सन्तोषी र उनका पति रामेश्वरले दुखेसो सुनाए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *