बारा, पर्सा र रौतहटमा निशुल्क क्यान्सर रोग परीक्षण शिविर सम्पन्न

चितवन, २८ बैशाख ।  वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा नेपाली सेना मध्यपृतना हेडक्वाटर धारापानीले बारा, पर्सा र रौतटहमा तीन दिने निशुल्क क्यान्सर रोग परीक्षण शिविर सञ्चालन गरेको छ । गत सोमबारबाट सुरु भएकोे उक्त शिविरमा १ हजार २६२ जनाले परीक्षण गराएका छन् ।

परीक्षणका क्रममा २४ जनामा क्यान्सर रोगको आशंका गरिएको छ । उनीहरुलाई थप परीक्षणका लागि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन बोलाइइएको छ ।

शिविरमा ४ सय जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण भएको थियो । त्यसमध्ये तीन जनामा क्यान्सरको सुरुवाती लक्षण देखापरेको शिविरको संयोजन गरेका वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत किशोरकुमार प्रधानाङ्गले बताए । यस्तै उनले ५२ जना महिलाको आङ खसेको समस्या भेटिएको बताए ।

शिविरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट प्रधानांङ्ग सहित डा रोशन मिश्र, मञ्जु शर्मा, तारा दवाडी, कल्पना न्यौपानेको टोली खटिएको थियो । उता नेपाली सेनाको तर्फबाट डा आर सिटौला तथा डा वी श्रीवास्तव खटिएका थिए ।

शिविरका लागि औषधि क्लिनिक नेपाल नामक संस्थाले निशुल्क रुपमा उपलव्ध गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *