स्वास्थ्यमा फेरिए सहसचिव : केसी गए, बुर्लाकोटी आए

काठमाडौँ, २५ बैशाख । स्वास्थ्य मन्त्रालयमा सहसचिव फेरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १८ जना सहसचिवको सरुवा गर्दा स्वास्थ्यमा समेत सहसचिव फेरिएका हुन् ।

फेरिनेमा स्वास्थ्य मन्त्रालय अन्तरगर्तका मानव संसाधन तथा वित्तिय स्रोत व्यवस्थापन महाशाखा प्रमुख सनत केसी छन् ।

मधु वुर्लाकोटीः

सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई अतिरिक्त समूहमा सरुवा गर्दै उनको स्थानमा उद्योग मन्त्रालयका सहसचिव मधु बुर्लाकोटीलाई पठाउने निर्णय गरेको हो । केसी चौध महिना अघि गृहमन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा आएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निम्न अनुसार सचिवहरुको सरुवा गरेको छ ।

१.  मुकुन्द निरौलाः अतिरिक्तवाट पुनर्निर्माण प्राधिकरण
२. प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३. ई प्रमिला वज्राचार्यः सतर्कताकेन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४.  दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५.राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६. मधु वुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७. नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९. विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०. सनत केसी स्वास्थ्य मन्त्तालयबाट अतिरिक्त समूह
११. टिकाराम घिमिरेः भूमीसुधार मत्रालयबाट वन मन्त्रालय
१२. चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१३. कुमार दाहालः अतिरिक्त समूहवाट बिराटनगर महानगरपालिका
१४. नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५.  तुलसीराम सेडाई : महिला आयोगबाट रक्षा मन्त्रालय
१६. गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७. वेद कार्की : संघीय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१८. आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *