हिमालयन स्कुलमा कान्तिपुरको दन्त शिविर, ११५ जनाले गराए परीक्षण

132
Shares

काठमाडौँ, २१ बैशाख । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र सोसाइटी फर अवायरनेश नेपाल (स्क्यान)को आयोजनामा विहीबार न्युरोडस्थित हिमालयन माध्यमिक विद्यालयमा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ ।

उक्त  शिविरमा कक्षा १ देखि १० सम्मका गरी ११५ जना विद्यार्थीको दन्त परीक्षण गरिएको थियो । उक्त शिविरका लागि कान्तिपुरबाट डा. सृष्टी शाहको नेतृत्वमा डेन्टल सर्जन तथा डेन्टल हाइजेनिसको टोली परिचालित भएको थियो ।

सो अवसरमा दन्त चिकित्सकहरुले मुख स्वास्थ्य राख्ने तरिका, ब्रस गर्ने तरिका आदिबारे विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिएका थिए । परीक्षणक्रममा अधिकांशमा दाँत किराले समस्या देखिएको थियो डा. शाहले बताइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *