हिमालयन स्कुलमा कान्तिपुरको दन्त शिविर, ११५ जनाले गराए परीक्षण

काठमाडौँ, २१ बैशाख । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र सोसाइटी फर अवायरनेश नेपाल (स्क्यान)को आयोजनामा विहीबार न्युरोडस्थित हिमालयन माध्यमिक विद्यालयमा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ ।

उक्त  शिविरमा कक्षा १ देखि १० सम्मका गरी ११५ जना विद्यार्थीको दन्त परीक्षण गरिएको थियो । उक्त शिविरका लागि कान्तिपुरबाट डा. सृष्टी शाहको नेतृत्वमा डेन्टल सर्जन तथा डेन्टल हाइजेनिसको टोली परिचालित भएको थियो ।

सो अवसरमा दन्त चिकित्सकहरुले मुख स्वास्थ्य राख्ने तरिका, ब्रस गर्ने तरिका आदिबारे विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिएका थिए । परीक्षणक्रममा अधिकांशमा दाँत किराले समस्या देखिएको थियो डा. शाहले बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *