पाल्पा : आँखा उपचारकालागि सिटी क्लिनिक

68
Shares

पाल्पा, २० वैशाख । कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पाले आँखाका बिरामीलाई प्रभावकारी सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको छ ।

रामपुर नगरपालिका–७, किसानबारीको कार्यालयबाट सेवा दिइरहेको केन्द्रले कार्यालय समय बाहिर पनि नागरिकलाई थप सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको अध्यक्ष हुतराज पोखरेलले बताए ।

बुधबार नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य एवं पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष चकोरमान शाक्यले बेझाड बजारमा सिटी क्लिनिक भवनको उद्घाटन गरे ।

उनले संसार देख्न वञ्चित रहेका नागरिकलाई विकट र दुर्गममा पुगेर सेवा दिने मुख्य उद्देश्य राखेर शुरु भएको पाल्पा लायन्स लाकौल आँखा अस्पतालले राम्रो सेवा दिँदै आएको बताए । सिटी क्लिनिकमार्फत हरबखत यहाँका नागरिकलाई स्तरीय सेवा प्रवाह गर्न आँखा उपचार केन्द्रलाई अनुरोध गरे ।

आँखा उपचार केन्द्रबाट वर्षेनि हजारौँ मानिसले सेवा लिइरहेका छन् भने आँखाका रोगीलाई अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *