महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक प्रहरी नियन्त्रणमा

दाङ, २० वैशाख । तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचार गर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चालक विनोद धौलाकोटी र उनको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो सो मेडिकलमा उपचारका लागि हिँडेर आएकी कुमालले भनेको लक्षणका आधारमा डा प्रकाश नेपालीले विरामीलाई ट्राइकेन एमपिएस झोल औषधि र पेन्टाप्राजोल सुई दिएका थिए ।

सो औषधि चलाएलगत्तै कुमालको अवस्था गम्भीर भएपछि सो मेडिकलले उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याएको थियो । त्यहाँ पु¥याएलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

पीडित पक्षले घटनाको छानबिन र दोषीलाई कारबाही नगर्दासम्म शव नबुभm्ने बताएका छन् ।

यसैबीच, घटनाको सत्यतथ्य बारेमा शव परीक्षणको रिपोर्ट आएपछि यकिन हुने र आज इलाका प्रहरी कार्यालय, तुलसीपुरमा पीडित पीडकपक्षबीच छलफलहुने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *