चिकित्सा शिक्षा अध्यादेश संसदबाट पास

काठमाडौँ, २० चैत । प्रतिनिधिसभाकोआजको बैठकले राष्ट्रिय  चिकित्सा शिक्षा अध्यादेश २०७४ पास गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको  ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो ।

गत आइतबार संसदमा दर्ता भएको चिकित्सा शिक्षा अध्यादेश २०७४ को बारेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध प्रस्ताव दर्ता गरेका थिए।

सुवालले राखेको फरक मत भने अस्वीकृत भएको छ ।

सांसद प्रेम सुवालले अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्ष खोल्न नदिने, निजी मेडिकल कलेज खारेज हुनुपर्ने, एमबिबिएसका लागि ३ सय शैय्या र नर्सिङमा पनि १०० शैय्या हुने, ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउनेलगायतका विशेषमा फरक मत राखेका थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशमा भएका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउन सकिने भन्दै पास गर्न प्रस्ताव गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *