नेपाल इन्स्टीच्युट अफ हेल्थ साइन्सका शिक्षक कर्मचारी आन्दोलनमा

काठमाडौँ, २० चैत । सेवा सुविधा बढाउनुपर्ने माग राख्दै जोरपाटीस्थित नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स आवद्ध, शिक्षक, कर्मचारी तथा प्यारामेडिक्स आन्दोलनमा उत्रिएका छन् ।

उनीहरु आन्दोलनमा उत्रिँदा अस्पतालको पठन पाठन ठप्प भएको छ भने कलेजले सञ्चालन गरेको ७५ बेडको स्तुपा सामुदायिक अस्पतालको सेवा समेत प्रभावित भएको छ ।

कलेज प्रशासनले स्थायी कर्मचारी तथा शिक्षकलाई सर्त अनुसार सुविधा नदिएको , स्थायीलाई करार गर्ने षडयन्त्र गरेको लगायतका माग राखी उनीहरु गत ११ चैत देखि आन्दोलनमा उत्रिएका थिए । तर कलेज प्रशासनले आफूहरुसंग छलफल गर्नुको साटो १४ चैत देखि बन्द घोषणा गरेको छ । आन्दोलनकारी शिक्षकका संयोजक रोशन अछामीले भने ।

कलेज बन्द भएपछि उनीहरुले कलेजले सञ्चालन गरेको स्तुपा सामुदायिक अस्पतालमा धर्ना दिन थालेका छन् । अस्पतालमा अहिले आकस्मिक बाहेकका सबै सेवा ठप्प रहेको उनले बताए ।

प्राडा ऋतुप्रसाद गड्तौला अध्यक्ष रहेको सो कलेजले एचए, फार्मेसी, विएस्सी नर्सिङ, बीपीएच, बीएन नर्सिङ लगायतका विषयहरु अध्ययन गराउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *