पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको : मन्त्री मगर

40
Shares

कैलाली, १७ चैत । खानेपानी मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको विशेष सहयोग तथा आयोजनामा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको बताएकी छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले क्यान्सरबाट पीडित भएकी दिदी ज्ञानु दाहाल र श्रीमान् प्रकाश दाहालको सम्झनामा सो अभियान लिएर आएको बताइन्।

मन्त्री मगरले सबै जनताको पहुँचमा सरसफाइ र स्वच्छ सफा खानेपानीको हकलाई संविधानमा व्यवस्था भएकाले स्वच्छ र सफा खानेपानी सबै जनताको पहुँचमा पु¥याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

त्यसैगरी सरकारले छिट्टै नै मेलम्चीको पानी काठमाडौँवासीका लागि ल्याउने भनेर तयारी गरिरहेको बताउँदै त्यो काम अत्यन्त तीव्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले जानकारी दिइन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *