संसदमा पेश भयो चिकित्सा शिक्षा अध्यादेश

204
Shares

काठमाडौँ, १६ चैत । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश – २०७४’ संसदमा पेश भएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अध्यादेश पेश गरेका हुन्।

यसअघि मन्त्री पोखरेलले अध्यादेश संसदमा लैजान गत विहीबारको मन्त्रिपरिषदको बैठकमा पेश गरी स्वीकृति लिएको थिए ।

अघिल्लो सरकारले सरकारले गत ६ कात्तिकमा चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २४ कात्तिकमा प्रमाणिकरण गरेकी थिइन ।

अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपनि संसदको अधिवेशन चलेको ६० दिन भित्र त्यहाँबाट स्वीकृत हुनुपर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *