रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

चितवन, १४ चैत । चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ ।

रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक हजार ३४० बालबालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७२१ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ ।

वडाका घरघरमा लगत संकलन गरेर खोप लगाउन छुटेकालाई समेत सो अवधिमा खोप लगाइएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर नगरपालिकालाई छ वटा स्वास्थ्य संस्थासमेत मंगलबार नै हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिए । यसरी हस्तान्तरण गरिएकामा पिठ्वा स्वास्थ्य चौकी, बछौली स्वास्थ्य चौकी, पञ्चकञ्या स्वास्थ्य चौकी छन् ।

यस्तै टरौली, नरकटिया र जिरौना शहरी स्वास्थ्य केन्द्रसमेत आजै नगरपालिकालाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले जानकारी दिए।

सो क्रममा जिल्ला खोप समन्वय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले पूर्ण खोप घोषणा गर्ने काम महत्वपूर्ण भएको भन्दै स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको औँल्याए ।

पूर्ण खोपयुक्त नगर घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा कार्यालय, स्वास्थ्य संस्था, महिला स्वयंसेविकालाई मंगलबारै कदरपत्रसहित सम्मान गरिएको थियो । अब चितवनको कालिका नगरपालिका र भरतपुर महानगर पूर्ण खोप घोषणा हुन बाँकी छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *