महाराजगञ्ज नगरपालिकाको प्रयासमा २४ घण्टे स्वास्थ्य सेवा

कपिलवस्तु, १४ चैत । महाराजगञ्ज नगरपालिकाको प्रयासमा नगर क्षेत्रमा रहेको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे स्वास्थ्य सेवा प्रवाह शुरु गरिएको छ ।

तत्कालका लागि दुई श्यया सहित २४ घण्टे सेवा शुरु गरिएको र केही दिनमै १२ श्ययासहितको सेवा प्रदान गरिने उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विद्याधर पाण्डेयले बताए ।

उपचारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटाई आफ्नै नगरपालिका क्षेत्रमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका संवेदनशील भई लागि परेको नगरप्रमुख अब्दुल कलामखांले बताए ।

चौबिसै घण्टा सेवा सञ्चालनका लागि विशेषज्ञ, दक्ष तालीम प्राप्त मेडिकल अधिकृत, स्टाफ, नर्स, अनमी, कार्यालय सहायक र स्विपर खटाइएको स्वास्थ्य संयोजक पाण्डेले बताए । सो स्वास्थ्य केन्द्रबाट एक्सरे सेवा, एम्बुलेन्स सेवा, ल्याब सेवा, निःशुल्क औषधोपचारलगायतका सेवा प्रवाह भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चौबिसै घण्टा चालु भएपछि आफूहरुलाई धेरै राहत महसुस भएको स्थानीयवासी निबर धुनियाले बताए । यसरी स्वास्थ्य केन्द्रको स्तरोन्नति भएसँगै स्वास्थ्य केन्द्रबाट बिरामी अब अन्यत्र जानु नपर्ने भएपछि नगरपालिका र आसपासका क्षेत्रका बासिन्दा निकै खुशी भएका छन् । चौबिसै घण्टा सेवा प्रवाह भएपछि महाराजगञ्ज आसपासका बासिन्दा अन्य ठाउँ जानुपर्ने बाध्यता हटेको छ ।

यसअघि बिरामी छिमेकी मुलुक भारतको कोटीया बजार, सोहरतगढ, नेपालको चन्द्रौटा, कृष्णनगर र तौलिहवा जाने गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *