घरमै सुत्केरी हुने दर शून्य

ललितपुर, ११ चैत । लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ ।

एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र)शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन लाबदले सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको बताए । पहिले नियमित जाँचका लागि समेत महिलालाई ग्वार्को वा लगनखेल पुग्नुपर्ने बाध्यता थियो । उनी भनछन्, “अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन विपन्न पनि स्वास्थ्य संस्थामा जान्छन् ।” केन्द्रमा स्थानीयवासी महिला पनि आउँछन् । अस्थायी रुपमा बसोबास गरेका विपन्न महिलाका लागि केन्द्र अझै सजिलो भएको छ ।

नजीकैको स्वास्थ्य संस्थामा सेवा पाउने भएपछि महिलाले अरु काम भ्याएर समेत जचाउने गरेका छन् । केन्द्रमा जाँच गर्न आउनेका तुलनामा सुत्केरी हुन आउने कम छन् । वार्षिक झण्डै तीनचार सय महिला जाँच गराउनका लागि आउँछन् । केन्द्रमा सबै खालका जाँचका लागि चिकित्सक र उपकरण छन् ।

उनी भन्छन्, “नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे सम्झाइरहेका छौंँ ।” गत साउनदेखियता २१ महिलाले केन्द्रमा सन्तानलाई जन्म दिइसकेका छन् । यो संख्या अघिल्लो वर्ष ३० थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *