गीतानगरमा स्वास्थ्य शिविर, ३७९ जनाले गराए स्वास्थ्य परीक्षण

चितवन, ११ चैत । पश्चिम चितवनको गीतानगरमा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–६ को आयोजना तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को प्राविधिक सहयोगमा  स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्थानीय अमरज्योति ईङलिस बोर्डिङ स्कूलको परिसरमा आयोजित स्वस्थ्य शिविरमा ३ सय ७९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
परीक्षण गराएकामध्ये २० जनाको बालरोग सम्वन्धी परीक्षण, ९३ जनाको हाडर्जोर्नी सम्वन्धी समस्या, ९६ जना जनरल चेकजाँच, ११५ जनाको नाक, कान, घाँटी र ५५ जना महिलाको प्रसूति तथा स्त्रीरोग सम्वन्धी परीक्षण गरिएको इन्द्रग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडेका सचिव कृष्णचन्द्र पण्डितले जानकारी दिए ।

सहकारीका अध्यक्ष धनप्रसाद श्रेष्ठले सहकारीको सात सिद्धान्तलाई मध्ये समुदायमा चासो सिद्धान्तलाई आत्मसाथ गर्दै नियमित रुपमा संस्थाले यस्ता सामाजिक कार्य गर्दै आएको बताए ।

शिविरका लागि पुरानो मेडिकल कलेजबाट हाडजोर्नी विशेषज्ञ डा. राजेन्द्र कार्की, जनरल फिजिसियन विशेषज्ञ डा. प्रकाश अर्याल, नाक, कान, घाँटी विशेषज्ञ डा. प्रशान्त भट्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राधिका कुवँरको टोली खटिएको थियो ।

शिविरमा स्वास्थ्य जाँच गराउनेहरुमध्ये आवश्यक परेकाहरुाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

शिविरको उदघाटन गर्न भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरि विलास कोइराला पुगेका थिए । उनले जनस्वास्थ्यमा चासो दिदै सहकारी र अस्पताल मिलेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा पुरानो मेडिकल कलेजका वरिष्ठ जनसम्पर्क तथा बजार निर्देशक दुर्गा न्यौपाने लगायतले स्वास्थ्य शिविरका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर