छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

चितवन, ११ चैत । विश्वका विभिन्न देशमा हाल देखिएका चर्मरोग, पुराना रोग, रोग लाग्ने कारण, गर्मी ठाउँमा देखिएका रोग लगायतका विषयमा छलफल गर्दै छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार साँझ नारायणगढमा सम्पन्न भएको छ ।

सोसाइटी अफ डर्माटोलोजिस्ट भेनेरोलोजिस्ट लेप्रोलोजिस्ट अफ नेपालले आयोजना गरेको दुईदिने सम्मेलनमा मुख्य रूपमा उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा छलफल गरिएको थियो ।

सम्मेलन तयारी समितिका संयोजक डा शशी हिराचनका अनुसार चर्मरोग लाग्नुका कारण, तिनको निदान, हालको अवस्था लगायतका विषय सँगै उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा केन्द्रित भएको थियो । सम्मेलनमा पाकिस्तान, भारत, माल्दिभ्स, स्विट्जरल्याण्डसहित नेपालका २०० चिकित्सकको सहभागिता थियो ।

सम्मेलनमा गर्मी हावापानीमा देखिने छालाका समस्या र समाधानका प्रयास तथा नयाँ नयाँ प्रविधिका बारेमा छलफलसँगै कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागी करीव ३५ जना वरिष्ठ छाला रोग विशेषज्ञले छाला रोगको उपचारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा छालाका रोग पहिचान र निदानमा भएका काम तथा योजनाका बारेमा कार्यपत्र तथा सोध पत्रहरू प्रस्तुत गरेको वरिष्ठ छाला रोग विशेषज्ञ डा अचुत पोखरेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *