‘हाम्रो डक्टर’को अनलाइन स्वास्थ्य सेवा शुभारम्भ

काठमाडौँ, १० चैत । तेस्रो बर्ष प्रवेश गरेको अवसर पारी ‘हाम्रो डक्टर डटकम’ले शुक्रबारदेखि अनलाइन स्वास्थ्य सेवा संस्करण समेत शुरु गरेको छ । यसअघि हाम्रो डक्टरले अस्पताल तथा चिकित्सकको विवरण समेटिएको मोवाइल एप्लीकेशन तथा न्युज पोर्टल सञ्चालन गर्दै आएको थियो ।

‘हाम्रो डक्टर’ले यस किसिमको स्वास्थ्य सेवा शुरु गर्ने आफूहरुनै नेपालमै पहिलो भएको दावी गरेको छ । ‘हाम्रो प्रडक्टबाट प्रयोगकर्ताहरुले अनलाइन खाता बनाएर चिकित्सकहरु छानेर उनीहरुसंग सशुल्क तथा निशुल्क परामर्श लिन सक्नेछन् । त्यस्तै अस्पतालका सेवा बुक गर्न सकिनेछ । आफ्ना मेडिकल रिपोर्टहरु सुरक्षण गर्न सकिनेछ । सेवावापत अनुलाइनबाटै पैसा तिनै सकिने सेवा लगायतका विशेषताहरु थपेका छौँ,’  हाम्रो डक्टर’का सम्पादक उद्धवराज भेटुवालले बताए ।

यसैबीच नया सेवाको शुभारम्भ गर्न पुगेगी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रविधिको माध्यमबाट स्वास्थ्य सेवामा थप योगदान दिएको भन्दै हाम्रो डक्टरको प्रसंशा गरिन ।

कार्यक्रममा बीमा बोर्डका कार्यकारी निर्देशक डा. गुणराज लोहनी, औषधि व्यावसायी, उमेशलाल श्रेष्ठ, आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय लगायतले शुभकामना दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *