नब्बे प्रतिशत क्षयरोगी निको हुन्छन्

चितवन, १० चैत । क्षयरोगका कारण मानिसको मृत्यु हुने संख्या घटेर गएको छ । यसका साथै बिरामी पनि घट्दै गएको देखिन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठरोग अधिकृत जयराम दुवाडीका अनुसार गत आर्थिक वर्षमा ९८१ जना क्षयरोगका बिरामी थपिएकामा ३८ जनाको मृत्यु भएको थियो । आव २०७२/७३ मा एक हजार ३४ जनामा क्षयरोग देखिएको र ५१ जनाको मृत्यु भएको दुवाडीले बताउनुभयो । चालु आवको पहिलो चौमासिकमा ३२५ जनामा क्षयरोग देखिएको छ । त्यस चौमासिकमा एक जनाको मात्र मृत्यु भएको उनले बताए ।

दोस्रो चौमासिकको समीक्षा भइनसकेकाले तथ्यांक संकलन हुन सकेको छैन । बिरामी निको हुनेदर ९० प्रतिशत पुगेको बताउंँदै उहांँले सचेतना बढेसंँगै बिरामीको संख्यामा कमी आएको र मृत्युदर घटेको बताए । कार्यालयले गत आवमा सेवा केन्द्र ५७ ठाउँबाट बढाएर ६० ठाउंँसम्म पु¥याएको छ भने १४ वटा प्रयोगशालालाई बढाएर १८ वटा पु¥याएको छ । जिल्लामा देखिएका क्षयरोगीमध्ये ७० प्रतिशत फोक्सोका अन्य शरीरका ग्रन्थी, पेट, हड्डी लगायतका रहेको दवाडीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले क्षयरोग निवारण संस्था र विराट नेपाल मेडिकल ट्रष्टसँग मिलेर रोग निवारणको लागि काम गरिरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *