सामाजिक विकासको आधारपत्रबारे तीन नम्बर प्रदेशमा छलफल
हेटौडा, ९ चैत । तीन नम्बर प्रदेश सरकारले सामाजिक विकास सम्वन्धी आधारपत्र तयार गर्न विज्ञहरुसंग छलफल शुरु गरेको छ ।
सामाजिक विकास मन्त्रालयको अगुवाईमा भएको सो छलफलमा स्वास्थ्य र सरसफाई, महिला बालबालिका, सामाजिक सुरक्षा र शिक्षा, युवा खेलकुद तथा भाषा संस्कृति गरी तीन वटा विषयमा छलफल शुरु गरेको हो ।
विहीबार देखि हेटौडास्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा शुरु भएको छलफलमा विभिन्न विभिन्न निकायका विज्ञहरुको सहभागीता रहेको उपसचिव शम्भुप्रसाद भट्टराईले बताए ।
छलफलमा मन्त्रालय अन्तरगर्त स्वास्थ्य महाशाखाका चिकित्सक डा राजेन्द्रकुमार गिरीले मन्त्रालयको कार्यक्षेत्र तथा संबैधानिक व्यवस्था, जनस्वास्थ्य विज्ञ तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले संघीयतामा स्वास्थ्य सेवा पुनर्संरचना, स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले स्वास्थ्य बीमा कार्यक्रम र प्रदेश सरकारको भूमिका, चितवन मेडिकल कलेजका सहप्राध्यापक रमेश सुब्बाले गुणस्तरीय नर्सिङ सेवा र डा. माधव लम्सालले स्वास्थ्य सेवा र आयुर्वेद सेवा र यसको पुर्नसंरचनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रहरुमाथि खानेपानी तथा सरसफाई डिविजन कार्यालय मकवानपुरका डी. इन्जिनियर पदम ब. कुवर, कीटजन्यरोग अनुसन्धान तथा तालिम केन्द्रका उपस्वास्थ्य प्रशासक डा. युवराज पोखरेल, जिजस्वाका धादिंगका प्रमुख महेश्वर श्रेष्ठ, कीटजन्यरोग अनुसन्धान तथा तालिम केन्द्रकाका निर्देशक डा. बिष्णु बहादुर बस्नेत, त्रि बि बि , चिकित्सा शास्त्र अध्ययन संस्थानका डा. सतिश देव, बि पी कोइराला क्यान्सर अस्पतालका बिशेसज्ञ चिकित्सक डा. कृष्णसागर शर्मा र स्वास्थ्य सेवा विभागका उप महानिर्देशक चुडामणि भण्डारीले टिप्पणी गरेका थिए ।
मन्त्रालयका जनस्वास्थ्य निरीक्षक केशव रिजालका अनुसार बिज्ञ तथा सरोकारवालाहरू सम्मिलित उक्त कार्यक्रममा जम्मा ६३ जनाको सहभागिता रहेको थियो । मन्त्रालयका सचिब मनोहर प्रसाद खनालले कार्यक्रमको उधेश्य, औचित्य सहितको स्वागत मन्तब्य राखी शुरु भएको कार्यक्रम पाँच घण्टा सम्म संचालन भएको थियो ।
कार्यक्रम समापनको क्रममा नीतिगत निर्देशन दिदै सामाजिक बिकाश मन्त्री युबराज दुलालले सामाजिक बिकाशको नीतिगत छलफल तथा पृष्ठपोषणका कार्यक्रमलाई निरन्तरता दिईने बताए ।
सम्पर्क इमेल : [email protected]