जेठाजुको मिर्गौला बुहारीमा प्रत्यारोपण

88
Shares

काँकडभिट्टा, ४ चैत । झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उनकै जेठाजु सौरभले मिर्गौला दान गरेका छन् ।

उनको भक्तपुरस्थित शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान सफलता पूर्वक मिर्गौला प्रत्यारोपण भएको पारिवारिक स्रोतले जनाएको छ ।

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन । उपचारका क्रममा चिकित्सकले उनको दुवै मिर्गौला फेल भएको जानकारी दिएका थिए ।

त्यसपछि मिर्गौलाको खोजीमा रहेका परिवारलाई सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए । मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताइन । उनका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ ।

झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान दिएकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *