केडीसीद्धारा मनमैजुमा दन्त शिविर, १५० जनाको परीक्षण

112
Shares

काठमाडौँ, ४ चैत । स्थानीय जनताको दन्त स्वास्थ्य प्रति चासो दिँदै शनिबार मनमैजुमा बृहत निशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय नविन नगर उपभोक्ता तथा टोल विकास समितिले आयोजना गरेको उक्त एक दिने शिविरमा १५० जनाले द्धन्त परीक्षण गरेका थिए । शिविरका लागि कान्तिपुर डेन्टलबाट डा. सृष्टी शाहको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मी खटिएका थिए । 

सो शिविरमा आउनेहरुको दाँत परीक्षण, ब्रस गर्ने तरिका तथा मुख स्वास्थ्यको महत्वबारे जानकारी दिइएको डा. शाहले बताइन ।

परीक्षण गर्न आउनेहरुमा दाँत किराले खाने समस्या, गिँजा सँम्वन्धी समस्या देखिएको उनले जानकारी दिइन । थप उपचार गर्नुपर्नेलाई कान्तिपुर डेन्टल कलेजका लागि रिफर गरिएको उनले जानकारी दिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *