ब्लोदानले मनायो रजत जयन्ती

काठमाडौँ, ३ चैत । नेपालको प्रथम रक्तदाता स्व दयाबीर सिंह कंसाकारप्रति समर्पण गर्दै व्लड डोनर्स एशोसिएसन नेपाल (व्लोदान)ले आफ्नो २५ औँ बर्षगाँठ अर्थात रजत जयन्ती मनाएको छ । विना सोधभर्ना विरामीलाई रगत उपलव्ध गराउँन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔँ भन्ने नारासहित शुक्रबार विशेष समारोह गरी रजत जयन्ती मनाएको हो ।

उक्त समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैकका कार्यकारी निर्देशक डा मनिता राजकर्णिकार, बरिष्ठ कलाकार सन्तोष पन्तलगायतको सहभागिता थियो ।

उक्त अवसरमा बोल्दै महानगरापालिकाका प्रमुख शाक्ये रक्तदाताहरुलाई उत्साहित तथा प्रेरित गर्ने कार्यमा महानगरले सहकार्य गर्न तयार रहेको बताए ।

व्लड बैंकका निर्देशक डा. राजकर्णिकारले नेपालको रक्तसंचार कार्यमा शतप्रतिशत स्वयंसेवी रक्तदाताहरुबाट रगत संकलन कार्यमा ब्लोदानले निभाउँदै आएको भूमिका सह्राहनीय रहेको र सो कार्यलाई निरन्तर जारी राख्नुपर्ने बताउनु हुँदै एकैपटक ठूलो मात्रामा रक्तदान भन्दा पनि नियमितरुपमा रक्तदान कार्यक्रमलाई सञ्चालन गरेको खण्डमा रगतको माग परिपूर्ति कार्यमा सहज हुने आफ्नो धारणा रहेको चर्चा गरिन ।

कार्यक्रममा वरिष्ठ कलाकार सन्तोष पन्त, ब्लोदानका संस्थापक एवं वरिष्ठ सल्लाहकार श्रीमती सुर्यकुमारी श्रेष्ठ, नेपाल हेमोफोलिया सोसाइटीका उपाध्यक्ष उज्वल के.सी., नेपाल थालिसिमिया सोसाइटीका सचिव कमलनाथ उप्रेति, ब्लोदानका केन्द्रीय महासचिव ई.सानु बाबु प्रजापति लगायतले रक्तदाताहरुलाई सरकारले स्वास्थ्य बीमा गर्नुपर्ने, सरकारले विना शोधभर्ना विरामीलाई निःण्शुल्क वितरण गर्ने भनिएको प्रकृयालाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रिय रक्त कार्यक्रममा सरोकार राख्ने विभिन्न विशिष्ट महानुभावहरूको सहभागिता रहेको उक्त कार्यक्रममा ब्लोदानका संस्थापकहरु, निवर्तमान अध्यक्षहरु तथा ४ कार्यकाल सेवा गरेका पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

उक्त समारोहमा रक्तदानमा सरोकार राख्ने व्यक्ति तथा संस्थाहरू मध्येबाट क्रमशः २० वर्ष देखि ब्लोदानमा आवद्ध भई रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरु, लामो समयसम्म विशेष सहयोग गरेका, स्वयंसेवी रक्तदान क्षेत्रमा विशेष भूमिका रहेको संस्थाहरु, ब्लोदान जिल्ला शाखा तथा क्षेत्रहरुलाई कदर पत्रका साथै ब्लड फण्डका सहयोगीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रम व्लोदानका केन्द्रीय उपाध्यक्ष रमेशध्वज बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *