‘गेट वेल सुन’ कार्ड सार्वजनिक

भक्तपुर, १ चैत । उपभोक्ता दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र, चाँगुनारायण भक्तपुरले उपभोक्ताको हितका आज ‘गेट वेल सुन’ (छिटो स्वस्थ होऊ) कार्डको नमूना सार्वजनिक गरेको छ ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्ड सार्वजनिक गर्दै सो सेवाले विपन्न वर्गलाई आर्थिक सहयोग पुग्नाका साथै अस्पतालको वातावरण सरसफाइमा पनि ठूलो टेवा पुग्ने बताए । उनले कार्ड सेवा देशैभरीका अस्पतालमा विस्तार गर्नसमेत आग्रह गरे ।

अस्पतालमा भर्ना भएका बिरामी हेर्न जाने आगन्तुकले फलफूल, पुष्पगुच्छा रजुस लिएर जानुको सट्टा कार्ड प्रदान गरी बिरामीलाई आर्थिक सहयोग गर्नाका साथै अस्पतालको सरसफाइमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्ड पद्धति शुुरु गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले बताए । “बिरामीलाई प्रदान गरिएको कार्ड डिस्चार्जको समयमा अस्पतालको अन्तिम बिलबाट कट्टा गर्ने वा बिरामीलाई आवश्यक पर्दा अस्पतालको नगद काउन्टरमा पेश गरेवापत कार्ड बराबरको रकम अस्पतालले बिरामीलाई उपलब्ध गराउँछ”, फुयाँलले भने ।

कार्ड यही चैत २४ गतेदेखि भक्तपुर अस्पताल, शहीद धर्मभक्त माथेमा मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र निजामती अस्पतालमा विस्तार गरिने छ । रु २५० देखि ५०० र एक हजारको कार्ड केन्द्रले अस्पताललाई निःशुल्करुपमा दिन्छ । बिरामी हेर्न जानेले सो कार्ड अस्पतालको काउन्टरबाट खरिद गर्नुपर्ने हुन्छ । कार्यक्रममा भक्तपुर अस्पताल, मानवअंग प्रत्यारोपण केन्द्र र गैरसरकारी महासंघ भक्तपुरका प्रतिनिधिले अस्पतालको प्राङ्गणमा बेचिएका फलफूल स्वस्थ नभएको जिकिर गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *