बिम स्वास्थ्य चौकीको भवन निर्माण

32
Shares

म्याग्दी, १ चैत । म्याग्दीको मालीका गाउँपालीका—७, डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले सुविधासम्पन्न भवन निर्माण गरेको हो । विसं २०७२ चैतमा भ्याटबाहेक रु एक करोड ७७ लाखमा बिएन कन्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो ।

भवन निर्माण, रंगरोगन, विद्युत्, पानी जडान र घेराबार गर्ने काम सकिएकाले डिभिजनमार्फत भवन हस्तान्तरणको तयारीमा रहेको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताए। भुर्इँ तलामा आठ र पहिलो तलामा कर्मचारी आवासका लागि दुईवटा कोठा रहेका छन् ।

भुँईतलामा बिरामीको स्वास्थ्य परीक्षण, श्यया, औषधि भण्डारण, वितरण, ल्याब, प्रसूति, नाम दर्ता, सहयोगी र प्रशासनिकलगायतका कक्ष रहेका छन् । पहिलो तलाको दुईवटा कोठा कर्मचारीको आवास सुविधाका लागि बनाइएको हो । निर्धारित समयमै भवन सम्पन्न गरेको सञ्चालक जिसीले बताए।

सो भवन भूकम्पप्रतिरोधी क्षमताको छ । हाल वडा कार्यालयसँगै रहेको सामुदायिक भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । हस्तान्तरण भएपछि नयाँ भवनबाट स्वास्थ्य संस्था सञ्चालन गरिने स्थानीय अगुवा बेगप्रसाद गर्बुजाले बताउनुभयो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *