नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य शिविरमा एक हजारले गराए परीक्षण

काठमाडौँ ३० फागुन । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले बाराको सिमरामा निशुल्क स्वास्थ्य शिविर राखी एक हजार बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

तराई यातायात प्रालिको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित उक्त शिविरमा यातायात मजदुर सहित स्थानीय सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ्य शिविरको उदघाटन गर्न प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मदलालबाबु राउत सिमरा आएका थिए ।

तराई यातायात अन्तर्गत तीन हजार भन्दा बढी सवारी साधनहरु देश भरी संचालन भईरहेको उक्तयातायातका केन्द्रीय महासचिव शंकर विष्टले बताए ।

नेपाल मेडिसिटी अस्पताल र तराई यातायातवीच सवारी दूर्घटना भएको खण्डमा विरामीहरुको तत्काल उपचार गर्ने गराउने सम्झौताभएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *