उत्कृष्ठ स्वास्थ्य पत्रकारिता पुरस्कार ढुंगेललाई
काठमाडौँ, २५ फागुन । यसबर्षको आरोग्य प्रतिष्ठान सर्बोत्कृष्ठ स्वास्थ्य पत्रकारिता पुरस्कार सरोज ढुंगेलले पाएका छन् । उनी गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता हुन् ।
विश्व मिर्गौला दिवसको अवसरमा आरोग्य प्रतिष्ठान र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा भएको विशेष कार्यक्रममा बाताबरण मन्त्री लालबाबु पण्डितले पत्रकार ढुंगेललाई २५ हजार रासीको उक्त पुरस्कार प्रदान गरेका हुन् ।
प्रतिष्ठानका महासचिव डा. पुकारचन्द्र श्रेष्ठले पत्रकारिताको माध्यमबाट मिर्गौला रोग रोकथाममा महत्वपूर्ण योगदान पु¥याएवापत ढुंगेललाई सम्मान गरेको जानकारी दिए ।