स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.श्रेष्ठले अवकास पाउदै
काठमाडौँ, २१ फागुन । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी पाएका डा. विनोदमान श्रेष्ठले सेवाबाट आवकास पाएका छन्।
महानिर्देशकमा रुपमा जिम्मेवारी सम्हालेका डा. श्रेष्ठले आजबाट उमेरका आधारमा अनिवार्य अवकास पाएका हुन्।
निवर्तमान स्वास्थ्य मन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ( १२ औँ तह)डा. श्रेष्ठलाई महानिर्देशकको जिम्मेबारी दिएका थिए।
गत ३० पुसमा निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय तानेर डा. तारानाथ पौडेललाई महानिर्देशक बनाएका मन्त्री बोहराको निर्णयलाई सर्बोच्च अदालतले उल्ट्याईदिएपछि नयाँ कदम चालिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



