विभिन्न कार्यक्रम गरी चिकित्सक दिवस मनाईयो

104
Shares

काठमाडौं, २० फागुन । `सुरक्षित चिकित्सक ,सर्वशुलब उपचार, गुणस्तरीय सेवा -स्वास्थ्यका पूर्वाधार’भन्ने नाराका साथ अाज चिकित्सक दिवस  मनाईदै छ ।

राजधानीमा कार्यरत चिकित्सकहरूले अाज बिहान वीर अस्पतालमा भेला भई प्रभातफेरी गरेका थिए । उनीहरूले  टूडीखेल परिक्रमा गरी पुनः अस्पताल प्रागंण मा आई कोण सभा गरेका थिए ।

उक्त अबसरमा सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे , एनडीएका अध्यक्ष डा.सन्तोष पौडेल ,र्यानका अध्यक्ष डा. बोम विसी , डिएसअाेएनका महासचिव डा. तोसिमा कार्की लगाएत पूर्व NMC सदस्य डा . शतिस देबले मन्तव्य राखेका थिए । मन्तव्य को क्रममा डा. दिपेन्द्र पाण्डेले डाक्टर डे को ईतिहास र नेपाली डाक्टर डे को सुरूवातका विषय मा प्रकाश पारेका थिए । डा. कार्कीले नेपाली डाक्टर डे लाई राष्ट्रिय  चिकित्सक दिवस को रूपमा स्थापना गर्नु पर्ने परिकल्पना सहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नुपर्ने बारे प्रस्तुत गरे।

सो क्रममा डा़.सन्तोष पौडेलले ईतिहासमा नेपाली डाक्टरहरुको पहिलो सइ्गठन नेपाल चिकित्सक संघको स्थापना भएको दिन फाल्गुन २० मा मनाउने गरिएको र आज छैठौँ नेपाली चिकित्सक दिवस रहेको कुरा बताए ।

डा. बीसीले डाक्टरहरुको सुरक्षा बिना गुणस्तर सेवा सम्भव नरहेको कुरामा जोड दिए। नेपाली चिकित्सक दिवस मनाउनुको मूल उद्देश्य डाक्टर बीरामी वीचको सुमुधुर संबन्ध स्थापित गर्ने र चिकित्सकहरू बिरामीको सेवामा अहोरात्र तल्लीन भएको स्मरण गराउन यो दिवस मनाउने गरिएको कार्यक्रममा सहभागी डाक्टर्स सोसाईटि अफ नेपलका केन्द्रीय सदस्य डा. मधुसुदन पाण्डेले  जानकारी दिए ।

कार्यक्रममा सम्पूर्ण दिवङ्गत चिकित्सकहरु प्रति सम्मान प्रकट गर्दै चीर शान्तिको  कामनाका लागि ३० सेकेन्ड मौन धारण गरिएको थियोे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *