आउँदो १७ चैतको चिकित्सक लाइसेन्स परीक्षामा शुल्क पुरानै

104
Shares

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आगामी १७ चैतमा हुन गएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को शुल्क पुरानै कायम गरेको छ ।

शुल्क सम्वन्धी अग्रिम जानकारी दिन नसकेको भन्दै काउन्सिले यसपटक पुरानै शुल्कमा फारम भर्न सकिने जानकारी दिएको हो ।

यसअघि काउन्सिलले विभिन्न सेवा शुल्क परिवर्तन भएको र २५ माघमा स्वास्थ्य मन्त्रालयबाट समेत स्वीकृति भएको भन्दै नयाँ शुल्क सूची सार्वजनिक गरेको थियो ।

सो को विरोधमा डाक्टर सोसाइटी अफ नेपालले विरोध गरेको थियो । काउन्सिलले एक पटकको लागि मात्रै पुरानै शुल्क कायम गरेको जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *