आउँदो १७ चैतको चिकित्सक लाइसेन्स परीक्षामा शुल्क पुरानै

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आगामी १७ चैतमा हुन गएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को शुल्क पुरानै कायम गरेको छ ।

शुल्क सम्वन्धी अग्रिम जानकारी दिन नसकेको भन्दै काउन्सिले यसपटक पुरानै शुल्कमा फारम भर्न सकिने जानकारी दिएको हो ।

यसअघि काउन्सिलले विभिन्न सेवा शुल्क परिवर्तन भएको र २५ माघमा स्वास्थ्य मन्त्रालयबाट समेत स्वीकृति भएको भन्दै नयाँ शुल्क सूची सार्वजनिक गरेको थियो ।

सो को विरोधमा डाक्टर सोसाइटी अफ नेपालले विरोध गरेको थियो । काउन्सिलले एक पटकको लागि मात्रै पुरानै शुल्क कायम गरेको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *