क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री शाही

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताएकाछन्।

अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताए ।

प्रदेश सरकारले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउनतर्फ कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री शाहीको भनाइ छ । अस्पतालमार्फत जटिल प्रकृतिका बिरामीको सेवा सुर्खेतमै दिन सरकारले आवश्यक नीति बनाएर केन्द्र सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री शाहीले बताए।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *