डोटीका चिकित्सकले भोलिदेखि आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने
काठमाडौँ । डा. जितेन्द्रकुमार सिंह माथि भएको आक्रमणको विरोधका डोटी जिल्ला अस्पतालका चिकित्सकहरु भोली (मंगलबार)देखि आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने बताएका छन् ।
जिल्ला स्वास्थ्य प्रमुख डा सतिश विष्टको अध्यक्षतामा आज बसेको चिकित्सकहरुको बैठकले आक्रमणकारीमाथि कडा कारबाही नभएसम्मका ओपिडी लगायतका सेवा बहिस्कार गर्ने बताएका हुन् ।
जिल्ला अस्पतालमा डिउटी गर्दै रहेका डा सिंह माथि हिजो विरामीको आफन्त बनाउने एक समूहले अस्पतालमै पुगेर निर्घात कुटपिट गरेका थियो । कुटपिटबाट डा सिंहको नाक, हात, मुख, दाँत तथा टाउकोमा चोट लागेको छ । उनको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला अस्पतालका डाक्टरहरुले आज जारी गरेको विज्ञप्तीमा ‘अन्याय र अत्याचार निश्चित सिमासम्म मात्रै सहन गर्न सकिने’ भन्दै आफूहरुको ‘धैर्यताको बाध टुटिसकेकोले यो घटनालाई गम्भीर रुपमा नलिई हदैसम्मको कारबाही अगाडी नबढाएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छौँ ‘ भनिएको छ ।
घटनाको विरोधमा नेपाल चिकित्सक संघ , सरकारी चिकित्सक संघ, चिकित्सक समाज नेपाल लगायतले विज्ञप्ती जारी गरिसकेका छन् ।
हेरौँ उनीहरुको विज्ञप्ती