तपाईँले चुम्बन दिनुभएको कि ब्याक्टेरिया लिनु भएको ? अनुसन्धानले त यस्तो पो भन्छ …

एजेन्सी । ‘ए साच्ची चुम्बन (टङ किस) गर्ने बेलामा नाक ठोकिन्छ कि ठोकिदैन ?’  एक हिन्दी फिल्ममा सोधिएको यो प्रश्न तिनीहरुलाई निश्चय पनि थाह हुनुपर्छ जसले चुम्बनको अनुभव लिइसकेका छन् । तर,  तिनीहरुलाई यो कुरा थाह नहुनसक्छ यसरी एक पटक चुम्बन गर्दा पार्टनर र आफ्नो मुखमा रहेको व्यक्टेरियाहरुको ठूलो समूह एक अर्काको मुखमा तिब्रगतिमा सर्छ भन्ने कुरा ।

हो,  यहि विषयमा अध्ययन गर्न नेदरल्याण्डका बैज्ञानिकहरुको एक समूह अघि सरयो । र उसले केही अनुसन्धानपछि पत्ता लगायो कि एक पटक जोडदार चुम्बन(टङ किश) गर्दा ८ करोड बढी व्याक्टेरिया एक अर्काको मुखमा सर्ने गर्छ ।

कसरी गरियो अनुसन्धान ?
डच बैज्ञानिकहरुले अनुसन्धानका लागि चुम्बनमा लिन भएका २१ जोडीको निगरानी गरयो । उनीहरुको दिनभरको गतिविधि निगरानीमा राख्यो । दिनभरमा उनीहरुले ९ पटक सम्म चुम्बन (टंङ किश) गरेका थिए । र त्यो निगरानीपछिको पै्रतिवेदनले भन्यो कि नौ पटकसम्म टङ किस गर्दा उसमा व्यक्टेरिया छिर्ने सम्भावना पनि उतिनै बढी हुन्छ ।

बैज्ञानिकहरुले त्यतिवेला पत्ता लगाएको कुरा मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया हुन्छ तर तिनको संख्या करोडौँमा हुन्छ । र यिनीहरुमध्ये केही ब्याक्टेरियाहरु तिब्र गतिमा सर्ने खालको हुन्छन् ।

कहिले र कसरी भयो अनुसन्धान ?
डच बैज्ञानिकहरुले गरेको यो अनुसन्धान स्टडी जर्नल माइक्रोविओममा सन् २०१४ मा प्रकाशित भएको थियो । नेदरल्याण्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ)बाट खटिएको अनुसन्धानकर्ताँहरुको समूहले हरेक जोडीलाई चुम्बन गर्ने बानी (किसिङ ह्याबिट) को बारेमा प्रश्न सोधेको थियो । उनीहरुले विगतबर्षमा कतिपटक चुम्बन गर्नुभयो र पछिल्लो पटक टङ किस कहिले गर्नुभयो भन्ने बारेमा समेत प्रश्न राखेका थिए ।

बैज्ञानिकहरुले अनुसन्धानमा सहभागी जोडिहरुको त्यतिवेलै पनि चुम्बन अघि र चुम्बन पछिको जिब्रोमुनीबाट रयालका नमूना संकलन गरे । यसपछि जोडीहरुलाई प्रोबायोटिक ड्रिंक पिउन दिइयो । यो ड्रिंकको मद्धतले सजिलैसंग व्याक्टेरियाको पहिचान गर्न सकिन्थ्यो ।

यसपछि जोडीहरुलाई पुन दोस्रो पटक चुम्बन गर्न लगाइयो । यसो गर्नुको कारण कति व्याक्टेरिया पार्टनरको मुखमा जाँदो रहेछ भन्ने बारेमा थाह पाउनका लागि थियो ।

अन्तत: नतिजा यस्तो निस्कियो,  १० सेकेन्ड चुम्बन गर्दा ८ करोड व्याक्टेरिया एक अर्कोको मुखमा सर्दो रहेछ ।

अनुसन्धान टोली प्रमुख प्रोफेसर रेमको कोर्ट भन्छन्, ‘फ्रेन्च किसिङको माध्यमबाट व्याक्टेरिया बढी तिब्र गतिमा र धेरै परिमाणमा एक मुखबाट दोस्रो मुखमा छिर्र्दो रहेछ ।’उनले यो अध्ययनपछि व्याक्टेरिया सम्वन्धी रोगको उपचार पद्धती खोज्नका लागि सहयोगी हुने बताए ।

डच बैज्ञानिकहरुले यो अध्ययन एमस्टर्डममा स्थापना गरिएको व्याक्टेरिया सम्वन्धी संसारकै पहिलो म्युजियमको सहयोगमा गरेका थिए । बीबीसीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *