महानिर्देशकको पदवहाली गर्न गएनन् डा. विनोदमान, कारण यस्तो रहेछ

काठमाडौँ । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको रुपमा सरुवा भएका डा. विनोदमान श्रेष्ठ (१२ औँ तह) को आज पदवहाली भएन ।

हिजो मात्रै विदेश भ्रमण गरी फर्केका डा. श्रेष्ठले आफ्नो व्यक्तिगत काम नसकिएकोले आज पदवहालीको लागि विभाग जान नसकेको बताए ।

यद्धपी उनले आफूलाई विभाग सरुवा गर्ने कुरामा असन्तुष्टी रहेको जानकारी दिए ।

अदालतको अन्तरिम आदेशसंग डा राजेन्द्र पन्त विभाग फर्किएपछि पूर्व स्वास्थ्य मन्त्री बोहराले गत २ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागमा महानिर्देशकमा १२ औँ तहका डा. श्रेष्ठलाई सरुवा गर्ने निर्णय गरेका थिए ।

तर श्रेष्ठले सो निर्णय आफूलाई स्वीकार्य चित्त बुझ्दो नभएको बताए । ‘मलाई पहिले विभागको महानिर्देशक हुन सोधिएको त थियो तर मैले स्पष्ट रुपमा उहाँहरुलाई विभाग जाँदिन भनेर बताएको थिएँ । तर फेरी नजाने भनेको ठाँउमा जवरजस्ती पठाइएको छ । यो अचम्म लाग्दो कुरा छ,’ उनले भने ।

अब विभाग जानुहुन्छ कि जानु हुन्न ? भन्ने प्रश्नमा उनले अहिले केही भन्न नसक्ने बताए । उनले भने, ‘लाई त्यहाँ जाने इच्छा नै छैन । म यतै (मन्त्रालय)मै रमाइरहेको छु । र धेरै पनि छैन । के का लागि अहिले हतार हतार जानुपर्ने ? यो के भईरहेको हो कुरा बुझेको छैन । हेरौँ के हुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *