जाँदा जाँदै स्वास्थ्य मन्त्रीले गरे सूचना केन्द्रमा निर्देशक परिवर्तन

काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराले जाँदा जाँदै स्वास्थ्य मन्त्रालय अन्तरगर्तको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशक परिवर्तन गरेका छन् ।

गत फागुन २ गते मन्त्रीस्तरीय निर्णय गर्दै तत्कालिन मन्त्री बोहराले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैया बाराका निर्देशक सुनीलराज शर्मालाई सूचना केन्द्रका निर्देशक बनाएका छन् । सूचना केन्द्रका निर्देशक बद्रीबहादुर खड्कालाई शर्मा रहेको स्थान मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैया बारा पठाएका छन् ।

मन्त्री बोहराले सोही दिन विभागको महानिर्देशक समेत परिवर्तन गरेका थिए । विभागको महानिर्देशकमा डा. तारानाथ पौडेल र डा. राजेन्द्र पन्तबीच लफडा हुन थालेको भन्दै उनले मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई महानिर्देशकमा सरुवा गरेका हुन् ।

महानिर्देशक परिवर्तन गरिएको समाचार सोही दिन सार्वजनिक गरिएपनि सूचना केन्द्रको निर्देशक सरुवाको खवर भने अहिलेसम्म गुपचुप राखिएको थियो ।

मन्त्रालय उच्चस्रोतले भने सूचना केन्द्रको निर्देशक सरुवाको निर्णय २ फागुनमा नभई ३ फागुनमा भएको दावी गरेको छ । ‘अघिल्लो दिनको मिति राखेर पछिल्लो दिन सरुवा भएको हो । मन्त्री ज्यूले जाँदा जाँदै पनि छाडनु भएन,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *