डा.पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

84
Shares

काठमाडौँ । डाइबेटिज नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानमा क्रियाशील डा. मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’ आज प्रदान गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उनलाई दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा डा पाण्डेले बढ्दो शहरीकरण र विलासी जीवनका कारण पनि मधुमेहको समस्या विकराल बन्दै गएको हुँदा आहारविहारमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिए ।

उनले मधुमेहले शरीरका सबै अंगमा क्षति गर्ने भए पनि मिर्गौला, मुटु र हाड्डीमा छिटो नोक्सानी गर्ने जानकारी दिँदै यसलाई निर्मूल गर्न स्थानीय तहदेखि नै सचेतना अभियान सञ्चालन गरिनुपर्ने बताए ।

डाइबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्योंले मुलुकमा करिब १० लाख मधुमेहको रोगी रहेको बताउँदै उमेर र शारीरिक क्रियाकलाप, तोकिएको क्यालोरीको परिणामअनुसार प्राप्त भोजन सेवन आग्रह गरे ।

सन् २०१० मा स्थापना भएको उक्त संस्थाले गत माघ २६ गतेदेखि आजसम्म डाइबेटिज सचेतना कार्यक्रम सञ्चालन गरी स्वास्थ्यकर्मी र सर्वसाधारणकाबीच अन्तक्र्रिया तथा सचेतना गरेको छ ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *