कलैयामा नौ कुष्ठरोगी

 

कलैया । कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् ।

उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ ।

गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष र बालबालिकालाई जाँच गर्दा महिला तीन र पुरुष एक कुष्ठरोगी फेला परेकोे सामाजिक विभाग महाशाखाका संयोजक अनिल पाण्डेले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *