जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डित

388
Shares

काठमाडौँ । केपी ओली नेतृत्वको नयाँ सरकारमा जनसंख्या तथा बाताबरण मन्त्रालयको जिम्मेबारी लालबाबु पण्डितले पाएका छन् ।

केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै प्रधानमन्त्री ओलीले पण्डितलाई जनसंख्या तथा बाताबरण मन्त्रीको रुपमा सपथ खुवाएका हुन् । पण्डितसंगै महिला बालबालिका तथा समाजकल्याण मन्त्रीको रुपमा थम माया थापाले पनि सपथ लिएकी छन् ।

संघीय संरचनामा जनसंख्या मन्त्रालय स्वास्थ्य मन्त्रालयमा गाभिने बताइएको छ । यदि सोही अनुसार भयो भने पण्डीत स्वास्थ्य मन्त्रीको रुपमा आउन पनि सक्नेछन् ।

गत २१ मंसिरमा भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा मोरङ ६ बाट निर्वाचित भएका पण्डित कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *