जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डित

काठमाडौँ । केपी ओली नेतृत्वको नयाँ सरकारमा जनसंख्या तथा बाताबरण मन्त्रालयको जिम्मेबारी लालबाबु पण्डितले पाएका छन् ।

केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै प्रधानमन्त्री ओलीले पण्डितलाई जनसंख्या तथा बाताबरण मन्त्रीको रुपमा सपथ खुवाएका हुन् । पण्डितसंगै महिला बालबालिका तथा समाजकल्याण मन्त्रीको रुपमा थम माया थापाले पनि सपथ लिएकी छन् ।

संघीय संरचनामा जनसंख्या मन्त्रालय स्वास्थ्य मन्त्रालयमा गाभिने बताइएको छ । यदि सोही अनुसार भयो भने पण्डीत स्वास्थ्य मन्त्रीको रुपमा आउन पनि सक्नेछन् ।

गत २१ मंसिरमा भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा मोरङ ६ बाट निर्वाचित भएका पण्डित कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *