फोक्सोलाई माया गर्न आग्रह गर्दै मनाइयो प्रेम दिवस

काठमाडौँ, २ फागुन । वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै समापन गरिएको छ ।

प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नारा रहेको कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

मास्कमाण्डु एक र दुई पश्चात वायुको गुणस्तरमा सुधारका लागि केही नीतिगत व्यवस्था भएता पनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएकाले सर्वसाधारणमा सचेतनाका लागि मास्कमाण्डु तेस्रो अभियानको आयोजना गरिएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताए ।

कार्यक्रममा माक्सबिना काठमाडौँमा बाँच्न गा¥हो भयो भन्दै रत्नपार्कको बीच सडकमा सहभागीहरु लम्पसार परेका थिए भने कार्यक्रमकै एक सहभागीलाई प्रधानमन्त्रीको रुप मानेर माक्सले बनाएको माला लगाइएको थियो ।

मास्कमाण्डु ३ अभियानमार्फत शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आ आफ्नो स्तरबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरिएको छ ।

अभियानअन्तरगर्त उपत्यकाका चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी, माइतीघरलगायत विभिन्न चोकहरुमा स्वच्छ हावाको लागि श्रृंखलावद्ध सांकेतिक प्रदर्शन भएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *