पाल्पाको सहलकोटमा आँखा शिविर, एक सय ४१ जनाले गराए परीक्षण

पाल्पा, २८ माघ । जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् ।

शनिबार सम्पन्न शिविरमा आँखा परीक्षण गराएका एक सय ४१ मध्ये १४ जनामा मोतियाविन्दुका बिरामी फेला परेको कालीगण्डकी आँखा उपचार केन्द्रका प्राबिधिक सुन्दर रानाले बताए । शिविरका अवसरमा आँखाका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको छ ।

जनविकास परिचालन केन्द्र नेपालको आयोजना, रामपुर बचत तथा ऋण सहकारी संस्थाको सहयोग र कालीगण्डकी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर चलेको हो । गाउँमै आँखा जाँच गर्ने सेवासुविधा तथा औषधि उपचार पाएपछि यहाँका स्थानीयवासी खुशी भएको स्थानीयवासी प्रेम बाकाबलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *