कलंकीको नेपाल नेशनल अस्पताल बन्द गर्न निर्देशन

376
Shares

काठमाडौं, २४ माघ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेपाल नेशनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ ।

सरकारी निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरेको फेला परेपछि अस्पतालका सबै सेवा बन्द गर्न निर्देशन दिएको हो । ‘उपभोक्ता संरक्षण ऐन (२०५४ को दफा १३ (१०, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिक (२०७० को दफा ३ (१) र उपभोक्ता संरक्षण ऐन (२०५४ को दफा १५ (२) बमोजिम सात दिनभित्र अस्पतालका सबै सेवा बन्द गरी यस विभागलाई जानकारी गराउन आदेशअनुसार अनुरोध छ,’ विभागले अस्पताललाई काटेको पत्रमा उल्लेख छ ।

विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार उक्त अस्पतालमा पुस १८ गते नै अनुगमन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाटै अस्पतालले मापदण्ड पूरा नगरेको देखिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पनि अस्पतालले मापदण्ड पूरा नगरेको जानकारी गराएपछि उक्त अस्पताल बन्द गर्न निर्देशन दिइएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *