प्रभावकारी खोप व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइने

काठमाडौँ, २२ माघ । प्रभावकारी खोप व्यावस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा, आपूर्ति व्यवस्था महाशाखा र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा खोप सम्वन्धी नयाँ तालिम दिइन लागिएको हो ।

त्यसका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एन इमुनाइजेशन (गाभी) को सहयोगमा बाल स्वास्थ्य महाशाखा अन्तरगर्तको खोप शाखाले खोप सम्वन्धी स्तरीय कार्यसञ्चालन निर्देशिका (एसओपी) तयार गरेको छ ।

खोप शाखाका प्रमुख कृष्ण चन्द भन्छन्, नयाँ अवधारणा अनुसार स्वास्थ्यकर्मीहरुलाई तालिम दिन लागिएको हो । यसमा सुरुमा केन्द्रमा टीओटी तालिम र त्यसपछि प्रदेश स्तरमा हुँदै जिल्ला तहमा सो तालिम विस्तार गरिनेछ । तालिम जिल्ला स्वास्थ्य प्रमुख, खोप प्रभुखहरलाई दिइनेछ ।

खोप प्रमुख चन्दले यो कार्यक्रम खोपको प्रभावकारी व्यवस्थापनका लागि बुझ्नै पर्ने ९ वटा बुँदालाई समेटेर बनाइएको गाइड लाइन अनुसार तालिम दिइने बताए ।

यसैबीच स्तरीय कार्यसञ्चालन निर्देशिका (एसओपी) सार्वजनिक गर्ने क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा तारानाथ पौडेलले भएका निशुल्क खोपको प्रभावकारी व्यवस्थापन हुनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले राज्यले बालबालिकाका लागि निशुल्क रुपमा प्रदान गर्दै आएका ११ वटा खोप ढुवानी, भण्डारण देखि लगाउने बेलासम्मको अवस्थालाई दृष्टिगत गरी स्वास्थ्यकर्मीलाई तालिम दिन लागिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *