सिन्धुपाल्चोकका दुर्गम क्षेत्रमा एकीकृत जनस्वास्थ्य अभियान सम्पन्न

सिन्धुपाल्चोक २१ माघ । जिल्लाको उत्तरी भेगमा पर्ने अति दुर्गम क्षेत्र पाँच पोखरी थांपाल गाँउपालिकाको दुई स्थानमा निशुल्क स्वास्थ्य परीक्षण गर्दै एकीकृत जनस्वास्थ्य अभियान सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा गरिएको उक्त अभियानलाई चौतारा अस्पताल, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, तीलगंगा आँखा प्रतिष्ठान तथा मेरीस्टोप्स इन्टरनेशनल सहितका संस्थाहरुले प्राविधिक सहयोग गरेका थिए ।

जनस्वास्थ्य अभियानमा बिरामीको लागि उपचार, प्राथमिक आँखा उपचार, परिवार नियोजनको लामो अवधीको सेवा, गर्भवती महिलालाई अल्ट्रासाउन्ड सेवा, अपाङ्गता पहिचान, औषधि वितरण तथा परामर्श लगायतका सेवाहरु प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव रिजाललले बताए ।

उक्त अभियानमा महिला तथा पुरुष ओपिडी १५२ जना, आँखा परीक्षण ओपीडी १४३ जना, यम्प्लान्ट सेवा १८ जना, गर्भवतीलाई अल्टासाउन्ड सेवा ७ जना र अपाङ्गता पहिचान ३२ जना गरी जम्मा ३८४ जना सेवाग्राहि लाभान्वित भएको स्वास्थ्य संयोजक आत्माराम धितालले बताए ।

पाँच पोखरी थांपाल गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत निशा लौडारीले सेवाग्राहीहरुको माग तथा गाउँपालिकाको विकटतालाई समेत ध्यान दिएर दुई ठाँउमा अभियान सञ्चालन गरिएको बताइन ।

अभियानबाट दुर्गम क्षेत्रका स्वास्थ्य सेवा बाट बञ्चित समुदाय लाभान्वित भएका गाउँपालिका अध्यक्ष टासी लामाले बताए । जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रका अनुसार जिल्ला स्वास्थ्य प्रमुख डा. पोमावती थापाको नेतृत्वमा जम्मा २५ जना सेवा प्रदायक परिचालन गरिएको थियो ।

उक्त अभियान गत १७ र १८ माघमा पाँचपोखरी थांपाल गाँउपालिका ४ स्थित थांपालकोटमा र १९माघमा वडा नं ७ तिपेनीमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *