औषधि आयातकर्ताको मागका विषयमा एनसीडीएद्धारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
काठमाडौँ, १९ माघ । औषधि आयात कर्ताहरुले उठाएको मागको विषयमा नेपाल औषधि व्यावसायी संघ (एनसीडीए)ले स्वास्थ्य मन्त्री दीपक बोहराको ध्यानाकर्षण गराएको छ । संघले बिहीबार मन्त्री बोहरालाई भेटी आयातकर्ताको मागको विषयमा पाँच बुँदे ज्ञापन पत्र समेत बुझाएको छ ।
संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठको अध्यक्षतामा गएको प्रतिनिधि मण्डलले मन्त्री बोहरालाई भेटेको थियो । व्यवसायीहरुसंग ज्ञापन पत्र बुझ्दै मन्त्री बोहराले उपयुक्त निर्णय लिने आश्वासन दिए ।
अघिल्लो सरकारले आत्म निर्भर गराउने भन्दै केही औषधि आयातमा रोक लगाउने निर्णय गरेपछि आयातकर्ताहरुले विरोध जनाउँदै आएका छन् । उनीहरु प्रतिस्पर्धाबाटै अघि बढ्ने बाताबरण बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
एनसीडीएले स्वास्थ्य मन्त्रीलाई बुझाएको ज्ञापनपत्र यस्तो छ