प्रदेशका लागि स्वास्थ्यबाट १० दरबन्दी स्वीकृत, अरु मन्त्रालयको कति ?

काठमाडौँ, १६ माघ ।  सरकारले प्रदेश सरकारका लागि पहिलो चरणमा स्वास्थ्य समूहबाट १० जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत गरेको छ ।

गत १० माघमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश मन्त्रालय तथा प्रदेश सभा सचिवालयका लागि विभिन्न तहका २०७ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्दा स्वास्थ्य समूहबाट १० जना परेका हुन् ।

स्वीकृत भएको दरबन्दीमा एक नवौँ वा दशौँ तहको १ जना, सातौँ वा आठौँ तहका ५ जना र पाँचौँ वा सातौँ तहका ४ जना रहेका छन् ।
यसअघि प्रदेश सरकारमा रहने शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ४ जना सचिव सहित १४० जना कर्मचारी स्वास्थ्यबाट खटाउने बताइएको थियो ।

प्रदेशमा जान भनेर ११ जना सहसचिव सहित ९६८ जनाले स्वास्थ्य मन्त्रालयमा निवेदन समेत हालेका थिए । तर अन्तिम समयमा आएर स्वास्थ्यको दरबन्दी कटौँती भएको छ । यद्धपी सामान्यले स्वास्थ्यबाट पछि थप गर्न सकिने आश्वासन दिएको मन्त्रालयका अधिकारी बताउँछन् ।

प्रदेश सरकारका स्वास्थ्यका कर्मचारीलाई कम महत्व दिएको भन्दै यसअघि स्वास्थ्य सम्वद्ध आठ वटा संगठनहरुले स्वास्थ्य सचिव तथा मुख्य सचिवको ध्यानाकर्षण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *