अब नख्खु कारागार भित्रै मनोसामाजिक अस्पताल

ललितपुर, १५ माघ । नख्खु कारागार परिसरमा मनोसामाजिक अस्पताल सञ्चालनमा आउने भएको छ ।

भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ ।

यो अस्पताल सञ्चालनामा आएपछि कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ ।

यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसीले बताए । उनले भने, “ यहाँबाट लगनखेलको मानसिक अस्पताल नजिक भएकोले पनि हुनसक्छ अन्यत्रका कारगारमा रहेका मानसिक रोगी कैदीहरु यहाँ पठाइएको छ । त्यसैले धेरै विरामीहरु भएको पाइन्छ ।”

पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ ।

कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त मानसिक अस्पताल पु¥याउनुपर्छ । उनी भन्छन्, “हामी दैनिक तीन÷चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ ।”

मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *